अमेरिका– कोरोनाले उत्पात मच्चाएको अमेरिकामा फेरी दोस्रो चरणमा कोरोनाभाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो केही दिन यता जनजीवन सामान्य बन्दै गइरहेको बेला फलोरिडा, एरिजोना टेक्सस, ओक्लाहोमा लगायतका राज्यमा संक्रमणको नया बिरामी देखिने क्रम बढेको हो ।
नया संक्रमण बढदै गए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मुलुकमा फेरी आर्थिक कारोबार बन्द नगर्ने बताइसकेका छन् । अमेरिकामा अहिले कोरोना संक्रमीतको संख्या बढेर २२ लाख पुगेको छ । त्यस्तै मृतकको संख्या १ लाख २३ हजार पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजमा दिएको अन्तर्वातमा फेरी हामी मुलुकलाई बन्द गर्ने पक्षमा नभएको बताए । यस अघि पनि वाइट हाउसका आर्थिक सल्लाहकार लैरी कुडलोवले पनि अर्थव्यवस्था फेरी बन्द गर्न नसकिने यस अघि नै बताएका थिए ।
अमेरिकामा गत मार्च महिनामा विद्यालय, रेष्टुरेन्ट तथा जिम खाना लगायतका सबै कारोनबार बन्द गरिएको थियो । अहिले आएर बिस्तारै बिस्तारै विद्यालय बाहेक अन्य सबै खुल्ने क्रम सुरु भएको छ । यसरी खुल्दै गएपछि संक्रमणको संख्या पनि बढ्दै गएको छ ।
अमेरिकामा बुधबार मात्रै टेक्ससमा ३ हजार १ सय, फलोरिडामा २ हजार ६ सय, एरिजोनामा १८ सय, क्यालिफोर्नियामा ४ हजार भन्दा बढी नया संक्रमण देखिएको छ । नर्थ क्यारोलिना, अलबामा, ओक्लोहामा लगायतका राज्यमा पनि बढीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected