अमेरिकामा कोरोनाको नयाँ इपिसेंटर बन्दै फ्लाेरिडा

युएसनेपालपाेस्ट संवाददाता ,
अमेरिका -अमेरिकाको अधिकांस राज्यहरुमा क्रमिक रुमपा सुधार हुदै गरेको कोरोनाको प्रभाब केहि राज्यहरुमा भने झन् व्यापक बन्दै गै रहेको छ । अमेरिकाको तटीय राज्य फ्लोरिडामा गत २४ घण्टामा मात्रै करिब ३२०७ जना नया कोरोना संक्रमितको संख्या थपिएको फ्लोरिडा स्वास्थ्य विभागले बिहीबार जनाएको छ यो संख्या अमेरिका भरिमै सबै भन्दा उच्च हो भने न्यु योर्कको भन्दा झन्डै ६ गुणाले बढी हो । साथै बिभागले दिएको जानकारी अनुसार गत २४ घन्टामा कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ भने १८८ जना गम्भीर समस्याका कारण अस्पतालमा भर्ना भएका छन् । गत मार्च १ मा पहिलो संक्रमित देखिए यता हाल सम्म फ्लोरिडामा ८५,९२६ मा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने ३०६४ जनाले ज्यान गुमाई सकेका छन् ।
यसरी द्रुत गतिमा थपिदै गएको नया संक्रमितको संख्याका कारण फ्लोरिडा कोरोनाको नयाँ इपिसेंटर बन्न सक्ने खतरा रहेकोमा बिज्ञ हरुले चिन्ता व्यक्त गरेका छन् । फ्लोरिडाका अधिकांस अस्पताल तथा आइ सी यु र भेन्टिलेटरहरु कोरोना बिरामीले भरिएका छन् । स्मरण रहोस फ्लोरिडामा यस अघिनै लक् डाउन खुकुलो पारी सकिएको छ । मे ४ देखि रेस्टुरेन्ट तथा पसल हरुलाई क्षमताको २५ प्रतिसत ग्राहक हरुलाई प्रवेश दिने गरि खोल्न अनुमति प्रदान गरिएको थियो ।