अमेरिका– महामारी रुपमा फैलिएको कोरोनाभाइरसबाट बच्न फेस मास्क लगाउनु सुरक्षाकमो दृष्टिकोणले महत्वपुर्ण मानिन्छ ।
यस्तै अमेरिकन एयरलाइन्सले मास्क नलगाएपछि एक यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइदिएको छ । एयरलाइन्सले पहिल्यै नै मास्क लगाएर हिडनेलाई मात्र यात्रा गर्न दिने नियम बनाएको थियो । यो घटना अमेरिकाको न्युयोर्क स्थित लागार्डिया विमानस्थलमा घटेको हो ।
अमेरिकन एयरलाइन्सका अनुसार ब्रैडन स्ट्राका नामकका यात्रुले चालकदलका सदस्यले मास्क लगाउन अनुरोत्र गरेकोमा उनले बेबास्ता गरेका थिए । विमानमा रहेका १२२ यात्रुका साथ उनी टेक्ससको ड्यालस फोटवर्थ विमानस्थलको अवतरण हुने तयारीमा थिए । १७२ सिटे विमानमा उनी चढेका थिए । मास्क नलाउन नमानेपछि उनलाई फिर्ता पठाइएको थियो ।
यात्रा तथा चालक दलका सदस्यहरुको सुरक्षाका लागी अमेरिकन एयरलाइन्सले मास्क लगाउन अनिवार्य गरेको छ ।
एयरलाइन्सका प्रवक्ता रांन्स फेइनस्टीनले भने–‘हामी आफना यात्रु र सदस्यहरुको सुरक्षालाई प्रतिवद्धत रहेका छौ । यसैले हामीले मास्क पहिरिने अनिवार्य निति अख्तियार गरेका हौ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected