अमेरिका–विश्वमा शरणार्थी हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । संयुक्त राष्ट्र संघ का अनुसार विश्वभरमा झण्डै आठ करोड मानिस शरणार्थि रहेका छन् । अघिल्लो वर्ष २०१९ मा विभिन्न समस्याका कारण आफनो घर छाडेर झ०डै एक करोड मानिस अन्यत्र मुलुकको बसाईमा गएका छन् ।
युएनको आ“कडाले सबैलाई यो संख्याले आश्चार्यचकीत तुल्याईदिएको छ । संघका महासचिव एटोनिया चौकानेले संसारभर फैलिएका शरणार्थी प्रति सम्बन्धीत देशको ध्यानआकृष्ट गराउदै सबैको रक्षा गर्न अपिल समेत गरेका छन् ।
महासचिवका अनुसार उनिहरु केवल आर्थिक संकटमा मात्र नभई आफनो र आफनो परिवारको पहिचान बचाउन समेत भारी संकटमा रहेको बताए । उनिहरु कुनै कारणले आफनो घर र देश छाडन विवश भएका छन् । उनिहरुको पीडा शब्दमा व्यक्त गर्न नसकिने महासचिव चौकानेले बताएका छन् ।
विश्व शरणार्थी दिवसका अवसरमा उनले सबै अधिकारीलाई शरणार्थीको रक्षाका लागी आव्हान गरेका हुन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...