कुमार जंग कार्की

अमेरिका-कोरोना महामारीको प्रभाबले गर्दा अमेरिकी बजारमा सिक्काको अभाब देखिन थालेको अधिकारीहरुले बताएका छन् । संघीय रिजर्व बैंकका अध्यक्ष जेरोम पावेलले अमेरिकी अर्थतन्त्रमा सिक्काको प्रवाह एक किसिमले रोकिएको अबस्थामा रहेको बताए । ह्वाइट हाउसको वित्तीय सेवा समितिसँगको भर्चुअल बैठकमा संघीय अध्यक्ष पोवेलले सो जानकारी दिएका हुन् । कोरोना महामारीले बैंक तथा वित्तीय क्षेत्रका साथै ब्यबशाय तथा कारोबारहरु सुस्त भएका कारण सिक्काको आपूर्ति श्रृंखलामा प्रतिकुल असर पर्न गइ बजारमा सिक्का अभाब भएको उनले बताएका छन् । पसल तथा व्यवशाय बन्द भयका कारण मानिस हरु संग भएका सिक्का हरु बजार सम्म पुग्न सकेका छैनन् ।

आहिले देखिएको सिक्का अभावलाइ कम गर्न क्षत्रिय रिजर्व बैंकहरुले यसै हप्ता देखि “सिक्काको रणनीतिक विनियोजन” शुरू गर्ने भएका छन् जसअन्तर्गत बैंक तथा क्रेडिट युनियनहरुलाइ माग बमोजिम सिक्काको समानुपातिक वितरण गरिने छ । यसका साथै संघीय रिजर्व बैंकले सिक्का माग गर्दा तत्कालको आबस्यकता लाई परिपूर्ति गर्ने किसमिले मात्रै माग गर्न वित्तीय सस्था हरुलाई अनुरोध गरेको छ भने आबस्यकता अनुरुप नया सिक्का उत्पादनमा पनि जोड दिने बताएको छ । साथै अर्थव्यवस्था फेरि सुचारु हुना साथ यो समस्या स्वतः कम भएर जाने बिश्वास संघीय रिजर्व बैंकले लिएको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected