जिन्दगी त एक रुवाइ भैसक्यो
हासो त एक बहाना भैसक्यो
उधारो मागेको हासो पनि
ओठमा नै सुकिसक्यो
दुई गहहरु भरिएर पनि
नदि झै आँसु बगिसक्यो
जीवन नै चुरुलुम्म डुबिसक्यो
मनको रुवाइ त प्यारो भैसक्यो
हासो त एक गाँस भैसक्यो
आसुनै जीवन साथी भैसक्यो
मुटुमा उब्जिएको रहर पनि
बिरानो बस्तु झै लागिसक्यो
खुला आखाले देखेको सपना पनि
साउनको भेल बनी नदि सँग मिसिन पुग्यो
कल्पनाको घर बनाउदा बनाउदै
भत्किएर माटाे र ढुंगाको झुप्रो बनिसक्यो
पुर्णिामा को जुन जस्तो उज्यालो खोज्दा
औसिको रात जस्तै अध्यारो जीवन भैसक्यो
अरुलाई खुसी दिन खोज्दा खोज्दै
आफ्नो जिन्दगी ओरालो लागिसक्यो
अब त आफ्नो भन्दा भन्दै पनि
माया त एक खेल लागिसक्यो
जीवनमा साथ दिदा दिदै पनि
मायालु त एक पराइ भैसक्यो
हत्केला ले थामेर राखेका यी मुटु
फुटेको सिसा जस्तै टुक्राटुक्रा भैसक्यो
अरुको दुख आफ्नो ठान्दा ठान्दै
जिन्दगी नै दाउमा लागिसक्यो
आशाकाे किरण प्रतीक्षा गर्दा गर्दै
बचेको जिन्दगि त मरेतुल्य भैसक्यो
देखेका सपना मरेर नै गयो
अन्तिममा जिउदो शरीर खरानि भैसक्यो।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...