सचिन घिमिरे
क़तार-कतारमा समस्यामा परेका नेपालीहरुलाई फर्काउने क्रम चरणबद्ध रुपमा सुरु भएकाे छ ।
पहिलो चरण अन्तर्गत १४९ जना नेपालीहरुलाई स्वदेश फर्काइएको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान नम्बर RA२३९२, A३२० मार्फत आज जुन २१ मा कतारको हमाद इन्टरनेसनल एयरपोर्टबाट काठमान्डााै का लागी उडान गरेको हो । आजको उडानमा ८२ महिला, ३ नाबालक र ६४ पुरुष रहेको नेपाली राजदूतावास कतारले जनाएको छ ।
यो उद्दार उडानको भाडादर प्रति यात्रु अमेरिकी डलर ३९२ तोकिएको थियो । नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुले भरेको फारममा प्राथमिकताको आधारमा उडान गरेको नेपाली राजदूतावास कतारले जानकारी गराएको छ ।
त्यस्तै कतारबाट उद्दार उडान जुन २२ तथा जुन २४ मा हिमालयन एयरलायन्सबाट पनि हुनेछन । सरकारको नियमअनुसार यात्रुले कोरोना परिक्षण गरेर नेगेटिभ आएको प्रमाण पेस गर्नुपर्दछ । कतारको सन्दर्भमा एह्तेराज एपलाई मान्यता दिईएको छ । यस एपमा हेल्थ कोड हरियो भएमा उडान गर्न सकिनेछ र स्वदेश फर्किएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दछ । यस अघि जुन १९ मा कतार एयरलायन्सले आममाफी पाएका नेपाली ४३ सहित २० नेपालीको शव पठाईसकेको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...