अमेरिका– डाक्टरले एक बालकलाई कहिल्यै पनि हिडन नसक्ने बताएका थिए । तर तिनै बालक घरमा ठमठमी हिडेपछि सबैलाई अचम्मित बनाएको छ । उनि हुन अमेरिकाको जर्जिया निवासी पा“च वर्षिय बालक केमडेन ब्रुक्स हैनसन हुन । आफनै घरको कोठामा उठेर हिडेको देखेपछि उनी आमाले क्यामेरामा कैद गरेकी थिइन । जुन भिडियो सामाजिक संजालमा भाइरल हुन पुग्यो । कहिल्यै नहिडेको आफनो छोरा यसरी हिडेको देखेपछि आमा मैन्डी हैनसन दंग पदै भिडियो खिचिन ।
अमेरिकाको मिरर समाचारका अनुसार केमडेनलाई सेरेबेलर एट्रोफी छ । जुन मस्तिष्कको त्यो भागलाई असर गर्छ जसले सन्तुलन समन्वयलाई नियन्त्रित गर्छ ।
उनी १८ महिना हु“दा देखि नै फिजियोथेरापीमा थिए । त्यही १८ महिनाको हुदा उनले एक दुई पाइला के चालेका थिए उनी लडेका थिए । त्यसपछि धेरै डाक्टरले उनकी आमालाई बताएका थिए– अब यो बच्चा कहिल्यै पनि स्वतन्त्र रुपमा उठेर हिडन सक्दैन ।
केमेडेनकी आमाले ट्वीटरमा शेयर गरेको छोरोको भिडियो अहिले ८ मिलियन भन्दा बढी भ्युज भइसकेको छ । २० हजार भन्दा बढीले भिडियोमा कमेन्ट गरेका छन् । धेरैले यसलाई आश्चार्यको रुपमा लिएका छन् ।
हेर्नुहाेस भिडियाे
https://twitter.com/mandyautiger19/status/1271948255690186754?s=21
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...