अमेरिका– अमेरिकामा कोरोनामहामारीको संक्रमण दोस्रो चरणमा बढ्दो क्रममा रहेको छ । अमेरिकाको टेक्सस राज्यमा संक्रमणको संख्या उकालो लाग्दै गएको छ । कोरोना संक्रमणमा टेक्सस राज्य पा“चौ नम्बरमा उक्लिएको छ । पछिल्लो चौविस घन्टामा टेक्ससमा संक्रमीतको संख्या ३ हजार ३ सय ६४ जना बढे ।
संक्रमणको संख्या बढे पनि मृतकको संख्या भने बढेको छैन । टेक्ससमा अहिले सम्म २ हजार १ सय ९१ ज्नाको ज्यान गएको छ । ट्यारेन्ट काउन्टीमा अहिले सम्म ८ हजार ९ सय ५५ जना संक्रमीत भएका छन् । ट्यारेन्ट काउन्टीमा एकै दिन भएको संक्रमीतको संख्या अहिलेसम्मकै उच्च भएको स्थानिय संचारमाध्यमले जनाएका छन् । मृतकको संख्या २०८ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ सय भन्दा बढी संक्रमीत थपिएका छन् ।
ड्यालस काउन्टीमा २४ घन्टामा ४०४ नया संक्रमीत थपिएका छन् । ड्यालसमा संक्रमीतको संख्या १६ हजार ८ सय भन्दा माथि छ । मृतकको संख्या ३०४ छ ।
टेक्ससको कोलिन काउन्टी, डेन्टन, तथा उत्तरी टेक्ससमा संक्रमणको स.ख्या दिनानुदिन बढीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected