म्यासाचुसेट्स राज्यमा कोभिड १९ संक्रमित १ लाख नाघे, मर्नेको संख्या ७६७७
युएसनेपालपोस्ट सम्बाददाता ,
बोस्टन अमेरिका-अमेरिकाको म्यासाचुसेट्स राज्यमा कोभिड १९ संक्रमितको संख्या १ लाख नाघेको छ । राज्यको जन स्वास्थ्य विभागले आइतबार दिएको जानकारी अनुसार हाल सम्म कुल १,०२,३३३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हिजो मात्रै राज्यमा १०५ जना नया संक्रमित को संख्या थपिएको थियो भने थप ३० जनाको मृत्यु भएको थियो । यो संगै मर्नेको संख्या ७,६७७ पुगेको छ । त्यस्तै विभागले आइतबार सम्म कुल ७,६८,५९२ जनामा पी सि आर र ६४२६६ जनामा एन्टीबडी टेस्ट गरिएको समेत जानकारी गराएको छ । म्यासाचुसेट्स अमेरिकामा कोरोना बाट सबै भन्दा बढी प्रभाभित राज्य मध्य एक हो । अमेरिकामा जम्मा संक्रमित संख्याको सुचिमा म्यासाचुसेट्स छैठौ नम्बरमा रहेको छ । तथापी बिगतको तुलनामा संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ ।
आज बाट म्यासाचुसेट्स राज्यमा पुन खोल्ने क्रमको दोस्रो तहको दोस्रो चरण प्रारम्भ भएको छ जस अन्तर्गत रेस्टुरेन्टहरुले आजदेखि इन्डोर डाइनिङ्ग सेवा प्रदान गर्न सक्नेछन भने कार्यलयहरुले पनि सेवाग्राहीको संख्या २५ प्रतिसत बाट बडाएर ५० प्रतिसत पुर्याउन सक्नेछन । त्यस्तै नेल सैलून, मसाज थेरापी, ट्याटू पार्लरहरू आदिलाइ पनि आज देखि खोल्न अनुमति दिइएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...