अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्डमा यसै वर्षको अन्त सम्ममा प्रतिबन्ध लगाएपछि संसदमा बहस सुरु भएको छ ।
रोजागर र परिवारमा आधारित ग्रिनकार्ड अप्रिल सम्म रोक लगाएका ट्रम्पले बढाएर डिसेम्बर महिना सम्म प्रतिबन्ध लगाएपछि अमेरिकी संसदमा सासदहरुले सवाल उठाएपछि बहस सुरु भएको हो ।
बहस सुरु भएपछि ट्रम्पले आफनो फैसलाको राम्रोसंग बचाउ गरेका छन् । उनले समस्त अमेरिकीहरुलाई जागीर दिन गर्नु जरुरी रहेको बताए । ट्रम्पले यस अघि अप्रिल महिनामा कार्यकारी आदेश जारी गदै ९० दिनलाई ग्रिन जारी गर्न रोक लगाएका थिए । फेरी गत सोमबार उनले त्यसको अवधि बढाएर ३१ डिसेम्बर सम्म पु¥याएका छन् ।
ट्रम्पले यसबारेमा एरिजोनामा मंगलबार पत्रकारहरुले सोधेको प्रश्नमा भने– हामी अमेरिकनहरुलाई जागीर दिन चाहन्छौ, अब जागीर अमेरिकनहरुलाई मिल्नुपर्छ ।’
उनले कोरोना महामारीका कारण जागीर गुमाउने अमेरिकनहरु का लागी आवश्यक कदम भएको प्रष्ट पारे ।
कोरोना महामारी बीच अमेरिकामा बेरोजगारी दर गुना चौगुनाले बढेर गएको छ । एक तथ्याङक अनुसार अमेरिकाले हरेक वर्ष १ लाख ४० हजार ग्रिनकार्ड जारी गदै आएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...