सचिन घिमिरे
क़तार– कतारमा समस्यामा परेका नेपालीहरुलाई फर्काउनहिमालय एयरलायन्सले उडान गरेको छ । यो नेपाल सरकारले गरेको तेश्रो उडान हो ।
हिमालयन एयरलायन्सको उडान नम्बर H९५६३२, A३२० मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टबाट नेपालका लागि उडानगरेको हो । आजको उद्दार उडान मार्फत १ सय ५८ नेपाली स्वदेश फर्किएकोनेपाली राजदूतावास कतारले जनाएको छ । जसमा २ नाबालक, १० महिला र १४६ पुरुष रहेका थिए । त्यस्तै आजै कतार एयरवेजले ७:00 बजेको उडानमार्फत केहि नेपालीलाई स्वदेश फर्काउदै छ । अब चौथो चरण अन्तर्गतकोउद्दार नेपाल एयरलाइन्सले जुन २७ मा गर्ने छ ।
यस अघि जुन १९ मा कतार एयरवेजले ४३ जना, जुन २१ मा नेपालएयरलाइन्सले १४९ जना र जुन २३ मा हिमालयन एयरलायन्सले १४५ जनानेपालीहरुलाई स्वदेश फर्काइ सकेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















