न्युजर्सी -राज्यको इस्ट ब्रन्सविक सहरमा आफ्नै घर परिसरमा रहेको स्विमिङ्ग पुलमा डुबेर एकै परिवारका ३ सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय मुलका ६२ बर्षिय भरत पटेल , ३३ बर्षिय निशा पटेल र उनकी ८ बर्षिय छोरि रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार
पौडी पोखरी वरिपरि खेली रहेकी नातिनी अकस्मात पोखरीमा खसेपछि उनलाई उद्धार गर्न हजुरबुवा र आमा पानीमा हाम फालेका थिए तर पौडिन नजान्ने दुवै जनाले समेत आफ्नो ज्यान गुमाउन पुगे ।
गत अप्रिलमा मात्रै पटेल परिवारले घर किनेको हुदा पौडी पोखरी कति गहिरो छ भनेर अड्कल गर्न नसकेको र पोखरीको अधिकांस भाग साढे तिन फिट रहेता पनि अन्तिम भाग करिब ७ फिट रहेकोले घटना घट्न पुगेको प्रहरीको प्रारम्भिक प्रतिबेदनमा उल्लेख छ । घटनाहरूको बृस्तित अनुसन्धान समेत भै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...