यी राज्यहरुबाट न्युयोर्क, न्युजर्सी र कनेटिकट आउदा बस्नु पर्छ १४ दिन क़्वारेनटाइनमा

युएसनेपाल पोस्ट सम्बाददाता
न्युयोर्क, अमेरिका –अमेरिकाकाको अन्य विभिन्न राज्य हरुमा कोरोनाको संक्रमण बढ्दै गए संगै न्युयोर्क, न्युजर्सी र कनेटिकट राज्यहरुले संयुक्त्त रुपमा त्यस्ता स्थानहरु बाट आउने यात्रुहरुका लागि अनिबार्य १४ दिन सम्म क़्वारेनटाइनमा बस्नु पर्ने नया निर्देशिका जारि गरेका छन् । गत बुधबार सम्बन्धित देशका गभर्नर हरुले प्रेस कन्फरेस मार्फत सो जानकारी गराएका हुन् । ” हामीले भाइरल ट्रान्समिशन रेट कम गर्न कडा मेहनत गरेका थियौं, र यसलाई पुन माथि जान दिन हामी चाहँदैनौं,” , बुधबार आयोजित प्रेस कन्फरेसमा न्युयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले बताए । क़्वारेनटाइनका लागि राज्यहरुको मापदण्ड औसत ७ दिनमा प्रति दस हजार १० प्रतिशत वा सो भन्दा धेरै कोरोना पोजिटिभ दर तोकिएको छ । हाल सम्म निम्न राज्य हरुबाट आउने हरुका लागि क़्वारेनटाइनमा बस्नु पर्ने नियम लागु गरिएको छ ।
१ अलाबामा (Alabama)
२ आर्कान्सास (Arkansas)
३ एरिजोना (Arizona)
४ फ्लोरिडा (Florida)
५ नर्थ क्यारोलाइना (North Carolina)
६ साउथ क्यारोलाइना (South Carolina)
७ टेक्सास (Texas)
८ उथाहा (Utah)
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...