ब्राजिल-फेब्रुअरी महिना देखि सुरु भएको कोरोना भाइरस (कोभिड-19) अहिले सम्म २१५ देशमा फैलिसकेको छ । अहिले सम्म बिश्व भरी झन्डै १ करोड भन्दा बढी संक्रमीत को संख्या पुगेको छ । सबै भन्दा प्रभावित देश मध्ये पहिलो संयुक्त राज्य अमेरिका, दोस्रो ब्राजिल तेस्रो रसीया रहेको छ भने ईन्डिया पनि चौथो नम्बर मा आइपुगेको छ । चीन को वुहान बाट सुरु भएको यो भाइरस सुरुका दिन हरुमा युरोपियन देश बढी प्रभावित देखिए पनि अहिले केही समय देखि संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिका मा यो भाइरस को मुख केन्द्र बिन्दु रहेको छ । संयुक्त राज्य अमेरिका पछि अहिले ल्याटिन अमेरिकाका देश ब्राजिल, मेक्सिको, चिलि, पेरु आदि देशहरुमा यो भाइरस निकै फैलिरहेको छ । जस मध्ये ब्राजिल लगातार कोरोना भाइरसको इपिसेन्टर  बनिरहेको छ।

 

केही दिन देखि ब्राजिल मा कोरोना भाइरस उच्च संख्यामा वृद्धि भैरहेको छ । अहिले यहाँ प्रत्येक दिन ३५ हजार देखि ५४ हजार जना कोरोना संक्रमीत भेटीदै आइरहेको छ। आज मात्र ४६ हजार ८ सय ६० नया संक्रमीत भेटिएको छ। एकै दिनमा यति धेरै मात्रामा संक्रमीत भेटिनु बिश्व भरी मै सायद ब्राजिल नै पहिलो देश होला। २४ घन्टा भित्र यति धेरै संख्या मा संक्रमीत भेटिदा अवस्था भयावह भएको छ । हस्पिटलहरु मा उपचार गरेर राख्ने ठाँउ को अभाव ले अवस्था झन नाजुक भएको छ । जसको कारण स्वास्थ बिभाग ले बिश्व सग चुनौती को सामना गरिरहेको छ । भाइरस नाप्ने कित को अभाव त्यतिकै छ भने संक्रमीत को संख्या यो भन्दा धेरै भयको अनुमान गरिएको छ । दिन कै १ हजार देखि १४ सय को मृत्यु भैरहेको छ ।

सुरु देखि नै यो भाइरस लाई सामान्य रोग ठानि लापरबाही गर्दा अवस्था यहाँ सम्म आइपुगेकोक छ , तर अझै पनि यहाका मानिसहरू मा चेत आएको छैन। मनपरी आफू खुसिले हिडिरहेका छन् । लक डाउन भए नि त्यसको कुनै मतलब गरिएको छैन। पसलहरु, रेस्टुरेन्ट, शपिग मलहरु खोलिएका छन् । बजार, सर्बजनिक यातायात तथा मेत्रो स्टेशनहरु मा पनि मानिसहरु भिडभाड र आवतजावत देखिन्छ । कोरोना भाइरस देखिनु अघि र अहिले मा केही फरक भएको छैन खाली अहिले मानिसहरूले मुख मा मास्क प्रयोग गर्ने गरेका छन् । यसरी सर्बजनिक ठाँउ मा भिडभाड र हिंडडुल गर्दा संक्रमीत को संख्या मा उच्च वृद्धि भइरहेको छ।

बिश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) का शीर्ष बिसेसज्ञ डा. माइक रायनले ल्याटिन अमेरिकाका देशहरूमा अहिले कोरोना भाइरसका घटनाहरु एकदम चिन्ताजनक अवस्था मा भएको बताएका छ । विशेष गरि ब्राजिल मा जनसंख्याको हिसाबले तुलनात्मक रुपमा परिक्षण कम भएको र परिक्षणको समान को अभावले पनि वास्तविक संक्रमीत र मृत्यु हुनेको संख्या धेरै रहेको बताएका छन् ।

अहिले सम्म बिश्व भरी १ करोड ८२ हजार संक्रमीत भेटिएको छ भने झन्डै ५ लाख १३ हजार मानिसको मृत्यु भइसकेको छ । ५४ लाख ५९ हजार बिरामी निको भएका छन् । यस्तै अहिले सम्म ब्राजिल मा १३ लाख १६ हजार मानिसमा संक्रमीत भेटिएको छ भने ५७ हजार १ सय ५ को यस भाइरस बाट मृत्यु भइसकेको छ। ७ लाख १६ हजार बिरामी निको भएका छन् । ब्राजिल को सबै भन्दा बढी प्रभावित शहर साओ पाउलो मा मात्रै १४ हजार २ सय ७० को मृत्यु भएको छ भने २ लाख ६५ हजार ६ सय मानिस संक्रमीत भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected