सचिन घिमिरे

कतार-नेपाल सरकारले कतारमा कोरोनाको कारण समस्या परेका रहेका नेपालीलाई उद्दार गरिरहेको छ ।
आईतबार राती नेपाल एयरलाइन्सले उडान नम्बर RA२३९२, A३२० लुम्बिनी मार्फत राति २२:४५ बजे कतारको हमाद इन्टरनेसनल एयरपोर्टबाट १४८ जना नेपालीलाई स्वदेश फर्काएको हो । यो नेपाल सरकारले गरेको चौथो उद्दार उडान हो भने नेपाल एयरलाइन्सको दोस्रो उडान हो । यस अघि हिमालयन एयरलायन्सले दोस्रो र तेस्रो दुई उडान गरिसकेको छ । आजको उडानमा ३२ जना महिला र ११६ जना पुरुष रहेको नेपाली राजदूतावास कतारले जनाएको छ । अब अर्को उडान जुन ३० मा हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected