केन्टकीमा आज देखि खुले बार र स्विमिङ्ग पुल , ५० जना सम्म भेला हुन पाइने
युएसनेपाल पोस्ट सम्बाददाता
केन्टकी , अमेरिका-अमेरिकाको केन्टकी राज्यमा आज देखि बार , स्विमिङ्ग पुल , युवा खेल केन्द्र साथै इभेन्ट सेन्टर हरु संचालनमा आएका छन् । साथै आजै देखि लागु हुने गरी ५० जना सम्म भेला हुन पाइने नया ब्यबस्था कायम गरियको छ । यस अघि मे २२ देखि नै रेस्टुरेन्ट हरु क्षमताको ३३ प्रतिसत ग्राहक हरुलाई मात्र सेवा प्रदान गर्ने गरि खोलिसकिएका छन् भने मे १८ देखि सरकारी कार्यलय तथा मे २० देखि खुद्रा ब्यबसाय र मे २५ देखि सैलुन तथा सौन्दर्य ब्यबसाय समेत खुला गरिसकिएको छ । ” हामीले यो भाइरससँग लड्न लामो र कठिन यात्रा तय गरेका छौ । चिकित्सा निर्देशिकाहरू अनुसरण गरेर कुनै बेला प्रति साता दोब्बर दरमा संक्रमण बढिरहेको समय लाई पार लगाएका छौ । ” केन्टकीका गभर्नर एन्डी बेशेयर गत साता एक प्रेस कन्फरेन्स मा बतायका थिए । समचार तयार पार्दा सम्म केन्टकी राज्यमा १५,२३२ जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने ५५८ जनाको मृत्यु भएको खबर छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















