अमेरिकामा काग्रेसीहरुको जुम मिटिङमा मुख छोडा–छोड
अमेरिका– अमेरिकामा बसेर राजनिति गरेका नेपालका काग्रेसीहरुको एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ ।
नेपाल जनसम्पर्क समिति बोष्टन च्याप्टरकी हरिप्रिया ढुंगेलको पहलमा डाकिएको जुम मिटिङमा भएको भिडियो सार्वजनिक भएको हो ।
जुम मिटिङमै एकले अर्कालाई त त र म म भन्दै गाली गलोज गरेका छन् । उनिहरुले बोलेको शब्द सुन्नेहरुलाई पनि लाजमर्दो तुल्याएको छ । आफनो हैसियत कस्तो भनेर बोल्नेहरुले झर्लङ पारेका छन् । आफुलाई प्रजातान्त्रिक र मर्यादाको राजनिति गरेको दाबी गर्ने काग्रेसीहरुको संस्कार यो भिडियोमा छताछुल्ल भएको छ ।
अमेरिकामा रहेका काग्रेसीहरुको एउटा जुम मिटिङमा मुख छोडाछोड भएपछि नेता भन्नेहरुको औकात नांगिएको छ ।
गौतम दाहाल भन्दै थिए– काग्रेसको विद्यानमा विदेशमा नेपाल जनसम्पर्क बाहेक अरु छैन । कहाको तरुण दल कहाको नेबीसंघ संघ, कहाको अन्तराष्ट्रिय संजाल । सडकमा कोठामा बसेर अन्तराष्ट्रिय संयोजक तोकेर हुन्छ भन्दै गएपछि विवाद सुरु हुन्छ । त्यसपछि दाहाल माथि खनिन सुरु हुन्छ ।
विष्णु सुवेदीले एक गौतमे सुन भन्दै मुख छाडेपछि विवाद सुरु हुन्छ । सुवेदी फेरी नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट माथि खनिन्छन् । उनी भन्न थाल्छन्– ‘शेरबहादुरले भनेर हुदैन यो जनसम्पर्क आनन्द विष्ट एण्ड कम्पनी हो । यस्तालाई हामी सभापति मान्दैनौ, तेरो काम छैन राजीनामा दे भन्दै मुख छाडेको सुनिन्छ । ६ वर्ष सम्म अधिवेशन गर्न नसक्ने सभापति भन्दै हिडने भन्दै चर्किन्छन् । विष्णु सुवेदीले विष्टलाई त भन्दा म सिनियर हो भन्दै मुख छाडेको भिडियोमा सुन्न सकिन्छ । आनन्द विष्ट केही समालिएर बोले पनि उनले ‘मुला’ भन्ने शब्द प्रयोग गरेका छन् । उनी भिडियोमा चर्काचर्की गरे पनि संयमित देखिएका थिए ।
यस्तो कुरा बाहिर गए बेइज्जत नै हुन्छ मिटीङ अन्तय गर्नु भन्दै थिए मिटिङमा सहभागीहरु । तर अमेरिकामा काग्रेसको राजनिति गर्नेहरुको हर्कत जुम मिटिङमा भएको यो भाडभैलोले छरपष्ट भएको छ । केहीले भन्दै थिए यो तरिकाले काग्रेसको संगठन चल्दैन ।
अन्तमा आनन्द जीलाई बोल्न दिउ भनिएको थियो । तर आनन्द विष्टले भने आफुलाई मुख छाडनेले माफी माग्नु पर्छ, तब मात्र मिटिङ अगाडी बढछ । विष्टले आफुले कसैलाई त नभनेको तर आफुलाई त भन्दै अपमान गरेको यस्तो मिटीङमा बस्नुको औचित्य छैन भनेपछि मिटीङ कट भएको छ ।
लोक लामाको आग्रहमा विष्ट मिटिङमा सहभागी हुन आएका थिए ।
भिडियो सौजन्य– नेपाल अमेरिका पोष्ट