चार वर्षपछि टर्कीबाट हिरासत मुक्त भएर फर्किए अमेरिकी नासा वैज्ञानिक

अमेरिका– एक अमेरिकी नासा बैज्ञानिक टर्कीमा झण्डै चार वर्ष पछि हिरासत मुक्त भएर मंगलबार बिहान अमेरिका फर्किएका छन् ।
नासा वैज्ञानिक सेरकन गोलगजे एक व्यवसायिक उडान मार्फत वासिङटन आइपुगेका हुन । टर्की सेनाले उनलाई घरबाटै गिरफतार गरेर कैद गरेर राखेको थियो । उनलाई आतंकदवादी संगठन संग मिलेको आरोप लगाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको रिहाईका लागी सम्झौता गरेका थिए । त्यही अनुरुप नै उनी अमेरिका फर्कन सफल भए । राष्ट्रपति ट्रम्पले पनि सम्झौता बारे भनेका छन् ।
२०१९ नोभेम्बर मा राष्ट्रपति ट्रम्पले ट्वीट गदै भनेका थिए टर्कीले जे गरेको छ त्यसले उसको अर्थव्यवस्था धराशयी हुन्छ । यसपछि तुर्कीलाई े सम्बन्ध सुधार्न यसले सहयोग ग¥यो । त्यसपछि टर्कीले वैज्ञानिक गोलगेजलाई हिरासत मुक्त गरियो । त्यसपछि उनी टर्कीकै नियन्त्रणमा रहे ।
४० वर्षिय गोलगेज अमेरिकी नागरिक हुन । हयुस्टन नजिक रहने उनी नासाको मंगल मिसनमा समेत काम गरिसकेका थिए । २०१६ मा उनी दक्षिण तुर्कीमा आफना बाबुआमा भेटन गएका बेला उनलाई हिरासतमा लिइएको थियो ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...