सचिन घिमिरे
क़तार-जुलाई १ बाट लागु हुने गरि कतारमा विभिन्न क्षेत्रमा लगाईएको प्रतिवन्ध अझ खुकुलो बनाइएको छ ।
कोरोना भाइरसका कारण स्थिति विकाराल आउने संम्भावनालाई ध्यानमा राखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाईएकोमा हाल कोरोना भाइरसका संक्रमण दर कमि भएकाले कतार सरकारले दोस्रो चरणको प्रतिवन्ध फुकुवा योजाना ल्याएको विपत्ति व्यवस्थापन समितिले जानकारी दिएको छ ।
दोस्रो चरणको अन्तर्गत सिमित समयका लागि मल, मार्केट तथा होलसेल मार्केट खुल्नेछन, कम मानिस हुने केही रेस्टुरेन्टहरु खुल्नेछन, पार्क तथा कर्नेश खुल्नेछन, निजि मेडिकल सेन्टरहरुले ६०% सेवा दिन सक्नेछन । १० जना भन्दा कमको संख्यामा खुला क्षेत्रमा व्यायाम तथा जिमसेन्टरमा अभ्यास गर्न सक्नेछन, संग्रहालय र लाइब्रेरी सिमित समयका लागि खुल्नेछन, त्यस्तै ५०% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन ।
यस अघि जुन १५ मा पहिलो चरणको प्रतिवन्ध फुकुवा भएको थियो । त्यस्तै अवस्था सामान्य बनेको खण्डमा अब तेस्रो चरण अगस्त १ र चौथो चरण सेप्टेम्बर १ मा लागु हुनेछ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...