सचिन धिमिरे
क़तार- कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाई कतारबाट उद्दार भईरहेको छ । नेपाल एयरलाइन्स र हिमालयन एयरलायन्सको दुई उडानबाट जम्मा २९९ जना नेपालीलाई स्वदेश फर्काइएको हो । नेपाल सरकारले गरेको छैठो उद्दार उडान अन्तर्गत नेपाल एयरलाइन्सले उडान नम्बर RA२३९२,A३२० बाट १४५ नेपाली त्यस्तै सातौ उद्दार उडान अन्तर्गत हिमालयन एयरलाइन्सको उडान नम्बर H९५६३२, A३२० बाट १५४ नेपाली स्वदेश फर्किएको कतार स्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले २ महिला, १४३ पुरुष तथा १ शव लगेको छ भने हिमालयन एयरलायन्सले ६ महिला र १४८ पुरुष लगेको छ । हालसम्म नेपाल एयरलाइन्सले चार उडान भरेको छ भने हिमालयन एयरलाइन्सले तीन उडान भरेको छ । अब अर्को उडान जुलाई २ मा हुनेछ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















