सचिन घिमिरे
कतार-नेपाल सरकारले कोरोनाको कारण अप्ठारोमा परेका नेपालीलाई उद्दार गरिरहेको छ । जुलाई २ मा नेपाल सरकारको आठौ उद्दार उडान अन्तर्गत कतारको दोहाबाट नेपाल एयरलाइन्सको उडान मार्फत १४७ नेपाली लाई स्वदेश फर्काइएको हो । नेपाली राजदूतावास कतारको अनुसार ६ महिला, १४१ पुरुष तथा २ शव नेपाल एयरलाइन्सको उडान नम्बर RA२३९२, A३२० बाट नेपाल लगिएको जानकारी दिएको छ ।
अब अर्को उडान नेपाल एयरलाइन्सको तर्फबाट जुलाई ४, ७ र ९ मा हुनेछ भने हिमालयन एयरलायन्सको तर्फबाट जुलाई ४ र ७ मा उडान हुनेछ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...