अमेरिकामा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण जुलाईको तेस्रो साता हुने
अमेरिका– अमेरिकामा बन्दै गरेको कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण यसै महिना सुरुवात हुने संभावना बढेको छ ।
अमेरिकामा कोरोनाको टिका बनाउने कम्पनी मोर्डनाले जुलाईको तेस्रो साता कोरानोको क्लिनिकल परीक्षण गर्ने भएको हो ।
शिकागो विश्वविद्यालयका जाचकर्ताका अनुसार अध्ययन योजना अनुसार ढिलाई भएकाले अव छिट्टै सुरु हुने बताइएको छ । यो परीक्षण जुलाई ९ मा सुरु हुन लागेको थियो । तर मानव परीक्षणका कारण यसमा ढिलाइ भएको हो । जाचकर्ताका हवाला दिदै हेल्थ केयर प्रकाशन स्टेट न्युजका अनुसार मानव परीक्षणमा ढिलाइ भएको हो । तर पनि यही जुलाई महिनामा परीक्षण सुरु हुने संभावना छ ।
भ्याक्सिन तयार पारिरहेको कम्पनीले तेस्रो चरणको परीक्षण यही जुलाई महिनामा सुरु हुने बताएको छ
। मोडर्न भ्याक्सिन एक आरएनए आधारित भ्याक्सिन हो । जसले शरीरको एन्टीबडी उत्पादन गर्नमा मदत गर्ने उद्देश्यले सहित डिजाइन गरिएको हो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...