अमाजोनले आफ्ना कामदारहरुलाई ५० करोड डलर धन्यबाद बोनस स्वरुप बाड्ने
अमेरिका -जअमाजोनले आफ्नो अधिकारिक ब्लग मार्फत महामारीका बीच अग्रपंक्तिमा रहेर ग्राहकहरुलाई सेवा पुर्याएका आफ्ना कामदार हरुलाई एक पटकको लागि करिब ५० करोड डलर भन्दा बढी धन्यबाद बोनस स्वरुप बाड्ने बताएको छ । कम्पनिले आफ्नो ब्लगमा जानकारी दिए अनुसार बोनस अमाजोन र होल फुड्समा कार्यरत कामदारका साथै डेलिभरी पार्टनर ड्राइभरहरुलाई समेत प्रदान गरिनेछ ।
‘हाम्रो फ्रन्ट-लाइन अपरेसन टीमहरू गत केही महिनादेखि लगातार ग्राहक हरुको सेवामा छन्, र हामी एक पटक धन्यवाद बोनस सहित उनीहरुको प्रशंशा गर्न चाहन्छौ ” ब्लगमा उल्लेख छ । बोनस पूर्ण कालिन कामदार हरुको हकमा जनही ५०० डलर , पार्ट टाइम कामदारको हकमा जनही २५० डलर , नेतृत्व तहका कर्मचारीहरुका लागि जनही १००० डलर र जुन मा १० घण्टा भन्दा बढी सेवा दिएका अमाजोन फ्लेक्स ड्राइभर हरुलाई जनही १५० डलरका दरले प्रदान गरिने छ । अमाजोन कोरोना महामारीका बीच पनि सबैभन्दा धेरै कमाई गर्ने कम्पनि मध्य पर्दछ जसले गत बर्षको तुलनामा यस बर्षको पहिलो चौमासिक व्यापार करिब २६ प्रतिसतले बढी रहेको जनाएको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...