अमेरिका– नेपाली जनसम्पर्क समिति अमेरिकाको जुम बैठकमा आफनो पदीय आचारण विपरीत संस्थामा आच पु¥याउने गतिविधी गरेको भन्दै  विष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन गरिएको छ ।
नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाका सभापति आनन्द विष्टको अध्यक्षतामा बसेको समितिको टेलिफोन कन्फरेन्स बैठकले सुवेदीलाई निलम्बन गरेको हो । विष्ट सहित २४ सदस्यीय कार्यसमितिको निर्णय बमोजिम उनलाई निलम्बन गरिएको बिष्टले बैठकलाई जानकारी गराएका थिए ।
जनसम्पर्क समिति अमेरिकाका निवर्तमान संयोजक एवं केन्द्रिय सदस्य सुवेदी माथि गत जुन २८ मा जुम बैठकमा विष्ट लगायत काग्रेस सभापति शेरबहादुर देउवालाई गालीगलौज र संस्थालाई आ“च आउने गंभीर विषय उल्लघन गरेको आरोप लगाइएको थियो ।
सुवेदीलाई ७२ घन्टाको अवधि तोकेर यस सम्बन्धमा आफनो भनाई सहित स्पष्टीकरण दिन समितिका अनुशासन विभाग प्रमुख भोजराज थोकरलाई पत्रचार गर्न भनिएको छ । तोकिएको समयावधिमा पुर्व संयोजक विष्णु सुवेदीले स्पष्टीकरण नदिए स्वतः एक वर्षका लागी समितिको साधारण सदस्यबाट निलम्बन गर्ने र पार्टिको कृयाशिल सदस्य र महासमिति सदस्यबाट पनि निलम्बन गर्न पार्टिको अनुशासन विभागलाई थप कार्वाहीको निमित्त सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै सुवेदीले एकताको दोस्रो अधिवेशपछि निर्वाचित समितिलाई अहिले सम्म हरहिसाब फरफारक र बरबुजारथ नगरेको र संस्थाको वेभसाइटलाई आफनो नियन्त्रणमा लिएर अनाधिकृत रुपमा प्रयोग गरेको आरोप लगाउदै समितिका संचार विभाग प्रमुख गौतम दाहालले कार्वाहीको माग गदै समतिका अनुशासन विभाग प्रमुख भोजराज थोकर मार्फत सभापति विष्टलाई पत्र बुझाएका थिए ।

सुवेदी निलम्बनको विषयमा महासचिव सहित तीन सदस्को फरक मत
सभापति आनन्द विष्टले आफनो अधिकारको प्रयोग गरि सुवेदीलाई पदमुक्त गरेको संम्बन्धमा महासचिव मुनिन्द्र नेम्वाङ, केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्की र किलन राईले फरक मत राखेका थिए ।
सुवेदीदाई पदमुक्त गरेको सम्बन्धमा संगठनको हितका निमित्त पुनःविचार गर्न आग्रह गरेका थिए ।
उनिहरुले कुनै पनि आरोपीतलाई जुनसुकै कार्वाही गर्नु अगाडी निजलाई लगाएको दोषारोपण बारेमा आफनो भनाई तथा राय राख्ने अवसर दिनुपर्ने र निजबाट स्पष्टीकरण प्राप्त भए पनि नभएपनि आवश्यक निर्णय केन्द्रिय समितिको बैठकबाट गरिनु पर्ने राय राखेका थिए ।
यो निर्णयमा वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी र सदस्य प्रमोद सिटौलाले पनि असहमति जनाएका थिए ।

यसै बीच बैठकले संस्थालाई ५०१ सि अन्तर्गत राख्ने या अन्य कुनैमा लैजाने सम्बन्धमा भर्जिनियाको साधारणसभाबाट जिम्मेबार दिएको समितिलाई सक्रृय बनाउने र सो समितिले विज्ञहरुसंग छलफल गरी समितिको आउदो अधिवेशनमा प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected