अमेरिका– कोरोनाभाइरस हावाबाट फैलिने कुरामा पहिला पनि धेरै आंशका र दाबा गरिएको थियो । तर विश्व स्वास्थय संगठनले यसलाई खारेज गरेको थियो ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार संसारका २३९ वैज्ञानिकका दाबा अनुसार कोरोनाभाइरसको नया कणले मानिसलाई हावाबाट संक्रमण गर्न सक्छ । यी वैज्ञानिकहरुले विश्व स्वास्थ सगठनदलाई यसबारेमा विचार गर्न आग्रह गरेका छन् ।
यी ३२ देशका २३९ वैज्ञानिकहरुले विश्व स्वास्थय संगठनलाई प्रमाणसहित यसबारेमा पत्र समेत लेखेर पठाएकाछन् । उनिहरुको दाबी अनुसार हावामा रहने साना कणले मान्छेलाई संक्रमण गर्न सक्छ । वैज्ञानिकका अनुसार कोरोना हावाको माध्यमबाट फैलिएर पनि मान्छेलाई संक्रमण गर्न सक्छ ।
सामाजिक दुरी को नियम पालन गरे संगै संक्रमीत व्यक्तिबाट अन्य व्यक्तिलाई सजिलै हावाबाट पनि संक्रमण गर्न सक्छ । यसैले भित्र चार पर्खाल भित्र रहे पनि मास्क पहिरिनु अनिवार्य भएको वैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार सास लिएको भरमा पनि अरुमा यसले संक्रमण गर्न सक्छ । उनिहरुको अनुसार आच्छयु गर्दा, खोक्दा तथा ठुलो स्वरमा बोल्दा मान्छेको मुखबाट निस्कने सुक्षम कण कार्यालय घर, सपिङमल अस्पताल आदीमा हावामा धेरै लामो समय सम्म रहीरहन्छ । संक्रमीत व्यक्तिको मुख तथा नाकबाट निस्कने साना बु“द हावामा केह समय सम्म रहेपछि हावाको माध्यमबाट पुरै घरको कोठामा संक्रमण फैलिन सक्छ । वैज्ञानिहरुले आसपासका व्यक्तिले सास लिएको भरमा पनि कोरोना संक्रमण हुने दावी गरेका छन् ।
विश्व स्वास्थय सगठनले भने यी वैज्ञानिकहरुले पठाएको अपिल सहितको पत्रको अहिलेसम्म आधिकारिक जवाफ भने दिएको छैन ।
संगठनका अनुसार हाबाबाट संक्रमण फैलिन्छ भन्ने बारेमा अहिले सम्म यकीन प्रमाण भेटिन सकेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected