अमेरिका– पछिल्लो क्रममा चीन र अमेरिका बीच तनाव बढदै गएको छ । कोरोना महामारीको फाइदा उठाउनका लागी चीनले गरेको प्रयासको जा“चको माग अमेरिकी सांसदहरुले गरेका छन् । त्यसको आवश्यक जायसको आवश्यक जा“चका लागी अमेरिकी संसदमा एउटा बिल पनि पेश भएको छ । बिलमा चिनिया कर्तुतको पहिचान, विश्लेषण र त्यसको सामना गर्नुपर्ने माग गरिएको छ । अमेरिकाका १४ सासदहरु ीमलेर यो विधेयक पेश गरेका हुन ।
सांसद जेरेड गोल्डेनले अमेरिकी संसदको तल्लो सदनमा यो बिल पेश गरेका हुन । यसको १३ अन्य सांसदहरुले पनि समर्थन जनाएका हुन । यो बिलको जाच गर्न उनिहरुले माग गरेका छन् । चिनिया सरकारले कोविड–१९ को आडमा आफनो राष्ट्रिय हितका लागी जे पनि गर्न अग्रसर रहेको उनिहरुले आरोप लगाएका छन् ।
अमेरिकाका लागी उत्पन्न खतरालाई मुल्याङकन गर्न पनि उनिहरुले माग गरेका छन् । गोल्डेनले भनेका छन्– चीनले कोरोनाको सुरुवात देखि नै साइबर चोरी तथा झुठा समाचार फैलाएर अमेरिकाको विरुद्ध आफुले महामारीको उपयोग गर्न खोजेको छ ।
त्यसो त यस अघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ने चीनबाट नै कोरोना महामारी सबैतिर फैलिएको आरोप लगाएका थिए । उनले बुहानको ल्याबबाट कोरोना उत्पति भएको बताएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...