अमेरिका– तपाई यी युवतिको खुट्टाको लम्बाई र उचाई समेत सुनेर दंग पर्नुहुनेछ । उनि हुन मंगोलियाकी २९ वर्षिया रेन्टसनखोरलु । तर अहिले उनलाई अहिले रेन नामबाट चिनिने गरिएको छ । मंगोलियामा जन्मेकी उनी अहिले अमेरिकाको शिकागो बस्दै आएकी छिन् ।

यिनको उचाई ६ फिट ९ इन्च रहेको छ । खुट्टँको लम्बाई ५२.८ इन्च रहेको छ । यसैकारण उनलाई विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा चिनिन्छ । उनलाई आफनो लामो खुट्टा भएकोमा खुशी छ । तर उनलाई लामो खुट्टाका कारण घर, अफिस तथा क्लबहरुमा पस्न भने निकै मुस्किल हुने गरेको बताउछिन् । धेरै ठाउ“मा उनलाई निकै झुकेर भित्र पस्नुपर्छ । उनको बाबुको हाइट पनि ६ फिट १० इन्च छ । त्यस्तै आमाको हाइट पनि ६ फिट १ इन्च छ ।

सुरुवातमा उनलाई आफनो लामो खुट्टा उति मन परेको थिएन । यसलाई उनी लुकाउन चाहन्थिन । तर पछि उनले यसलाई भगवानको उपहार सम्झिन । उनले आफनो लामो खुट्टालाई गर्व गर्न थालिन ।
उनलाई कुनै पनि कपडा बजारमा किन्न पाइदैन । यसैले उनले अर्डर दिएर मात्र बनाउनुपर्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected