अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा र टेक्सस बन्दैछ कोरोना महामारीको नया केन्द्र

अमेरिका– कोरोना महामारीका कारण बेहाल बनिरहेको अमेरिकामा दिनप्रतिदिन संक्रमण झने बढ्दै गएको छ ।
अमेरिकामा बुधबार मात्रै ६० हजार भन्दा नया संक्रमणहरु थपिएको छ । यसरी अमेरिकामा कोरोना महामारीले दोस्रो चरणमा झनै उग्र रुप लिएको हो । अहिले अमेरिकाको क्यालिफोर्निया, फलोरिडा र टेक्सस कोरोना महामारीको नया केन्द्र बनेको छ । यि तिनै राज्यमा कोरोना महामारी तिब्र रुपमा फैलिदै गएको छ ।
यी तीनै राज्यमा झण्डै १० हजारको हाराहारीमा नया कोराना संक्रमीतहरु थपिरहेका छन् । क्यालिफोर्नियामा ३ लाख भन्दा बढी संक्रमीत भएका छन् भने मृतकको संख्या ६ हजार ८ सय भन्दा बढी छ । त्यस्तै फलोरिडामा २ लाख ४४ हजार भन्दा बढी संक्रमीत र ४ हजार भन्दा बढीको ज्यान गएको छ । टेक्ससमा २ लाख ३६ हजार भन्दा बढी संक्रमीत र मृतकको संख्या ३ हजार भन्दा बढी छ ।
कोरोनाको केन्द्र न्युयोर्कमा संक्रमण घटदै गएपछि अमेरिकाका अन्य राज्यमा संक्रमण फैलिएर गएको छ । अमेरिकाको ५० राज्य मध्ये ४१ राज्यमा कोरोनाको संक्रमण पछिल्लो क्रममा तिव्र रुपमा फैलिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...