क्यालिफोर्नियाको एक गार्मेन्टमा कोरोना संक्रमण फैलिए पछि बन्द गर्न आदेश

युएसनेपाल पोस्ट सम्बाददाता
क्यालिफोर्निया, अमेरिका -क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा अबस्थित लस एन्जलस अपेरल गार्मेन्टमा करिब ३०० जनामा कोरोना संक्रमण र ४ जनाको मृत्यु पुष्टि भए संगै बन्द गर्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । ४ जना मध्य ३ जनाको गत जुन महिनामा र १ जनाको जुलाई महिनामा मृत्यु भएको थियो । कुनै पनि ब्यबसायिक सस्थामा ३ जना भन्दा बढीमा संक्रमण देखिएमा सम्बन्धित स्वास्थ्य बिभागलाइ जानकारी गराउनु पर्नेमा कम्पनिले त्यसो नगरेको अधिकारीहरुको आरोप छ ।
“चार कामदार हरूको मृत्यु हृदय विदारक र दुखद छ, संचालक तथा ब्यबस्थापकहरुले कामदार हरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण प्रदान गर्नु उनीहरुको नैतिक र सामाजिक उत्तरदायित्व भित्र पर्दछ ।” काउन्टीको स्वास्थ्य बिभाग निर्देशक, बार्बरा फेरेरले एक विज्ञप्तिमा जनाएका छन् ।
स्वास्थ्य विभागले निर्देशन गरेको स्वास्थ्य आदेश तथा निर्देशन हरुको पूर्ण पालना गरेको प्रमाणित नभए सम्म कम्पनीलाई बन्द गर्न आदेश दिईएको छ । लस एन्जलस अपेरल कम्पनि अमेरिकन अपेरलका सस्थापक डोभ चार्नी द्वारा २०१६ मा स्थापित कम्पनि हो ।
फाईल फाेटाे ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...