अमेरिका– अमेरिकामा हुन लागीरहेको राष्ट्रपतिको निर्वाचनमा चीन ठुलो मुद्धा बनेर खडा भएको छ । चुनावी दौडमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार जो बिडेन चिनको विरुद्ध खडा भएर एक अर्कालाई पछार्न अग्रसर भएका छन् ।
ट्रम्पको चुनावी अभियानका प्रबन्धकहरुर्ले एउटा यस्तो विज्ञापन निकलोका छन् जसमा बिडेन चिनिया राष्ट्रपति जिनपिङको पछि लागेको देखाइएको छ । त्यस्तै बिडेनको चुनावी अभियानमा ट्रम्पले कोरोना भाइरसलाई हल्का रुपमा लिएर महामारीको बारेमा पारदर्शि रहदै जिनपिङको प्रशंसा गरेको देखाइएको छ । यसबाट स्पष्ट के हुन्छ भने दुबैको चुनावी हतियारक चिन बनेको छ ।
यी विज्ञापनको समिक्षा गदै रिपब्लिकन पोल्स्टर फ्रेकले यसले चुनावी अभियान प्रतिस्पर्धात्क हुनेछ तर यसको फाइदा कसलाई होला ? उनी भन्छन्– आउने राष्ट्रपति निर्वाचनमा अर्थव्यवस्था तथा कोरानभाइरससंग जुध्नका लागी चीन तेस्रो ठुलो चुनावी मुद्धा बनेको छ ।
उनले जो चिनिया नेताको अधिनमा देखिन्छन्, उनिहरुलाई चुनावमा ठुलो नोक्सानी व्यहोर्नु पर्ने विश्लेषण फ्रेकको छ ।
मतदाता बीच चीनको अनुचित व्यापार,मानवअधिकार उल्लघनको विरुद्ध ट्रम्प तथा बिडेन को बढी बलियो ढंगले अमेरिकालाई पेश गर्न सक्छन्, त्यसले चुनावी परिणाम निक्यौल गर्नेछ ।

अमेरिकामा कोरोनाभाइयरस फैलिएपछि एक सर्वेमा अमेरिका नागरिकहरुमा चीन विरुद्धको आवाज सामन्ने आएको छ । जसमा ६६ प्रतिशत अमेरिकनहरुले चीनको विरुद्ध नकारात्मक प्रतिकृया दिएका छन् । २००५ पछि यहा“ चीनको विपक्षामा अमेरिकनहरुले दिएको यो सबैभन्दा खराब प्रतिकृया भएको बताईन्छ । यसैको फलरुवरुप राष्ट्रपति निर्वाचनमा ट्रम्प र बिडेनले एक अर्कालाई चिनको कट्टर विरोधी सावित गर्न लागी परेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected