टेक्ससमा कोरोना निको भएका व्यक्ति फेरी पार्टिमा सामेल हुदा गयो ज्यान

टेक्सस– कोरोना भाइरस लागेर ठिक भएका एक युवा पार्टिमा सामेल हुनु नै उनका लागी घातक बन्न पुगेको छ । कोरोना लागेर ठिक भइसकेका युवक पार्टिमा सहभागी हु“दा फेरी कोविड–१९ को संक्रमणमा आए र अस्पतालमा उपचारका क्रममा उनको मुत्यु भएको छ ।
अमेरिकाको टेक्सस राज्यमा कोरोना भाइरसलाई सामान्य मान्दै कोविड–१९ पार्टिमा सहभागी भएका ३० वर्षिय युवाको महामारीका कारण ज्यान गएको छ । यो कोविड–१९ पार्टि एक जना कोरोना पोजेटिभ व्यक्तिले आयोजना गरेका थिए । ति व्यक्तिको उपचार गरिरहेका डाक्टरले यो कुराको खुलासा गरेका हुन ।
सान एन्टीनियो को मेथोडिस्ट अस्पतालका चीफ मेडिकल अफिसर जीन उप्पलेबीले मृतक व्यक्तिले भाइरसलाई खेलाची सम्झेका कारण यस्तो घटना भएको बताएका छन् । मृतक व्यक्तिले नर्स संग उपचारका क्रममा आफनो गल्ती समेत स्वीकार गरेको बताईन्छ । उनले आफु पार्टिमा सामेल हुनु नै ठुलो भूल भएको उपचारका क्रममा बताएका थिए ।
पहिलो पटक निको भएपछि ति युवकले अरुलाई कोरोना भाइरसले केही नबिगार्ने र यो एउटा मजाक भएको भन्दै अरुलाई सम्झाउने गरेको पीडितहरुले बताएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...