O
अमेरिका– अमेरिकामा एक जिल्ला अदालतले एउटा हत्याको मुद्धामा हुन लागेको मुत्युदण्डको सजायलाई रोक लगाइदिएको छ ।
इन्डियानाको संघीय कारागारमा हत्याका दोषीलाई घातक इन्जेक्सन लगाउने तयारी भइरहेको बेला अदालतको आदेश आएपछि रोकीएको हो । उनलाई इन्जेक्सन दिनु अघि यस्तो फैसला आएको थियो । ट्रम्प प्रशासनले यो फैसलाको विरुद्ध उच्च अदालतमा अपिल गरेको छ ।
जिल्ला न्यायधिस तान्या चुटकनले आफनो फैसलामा केही कानुनी मुद्धाको समाधान गर्न गर्नुपर्ने जरुरी देखिएको बताए । अमेरिकामा २००३ पछि दोषीलाई पहिलो पटक मुत्युदण्डको यो सजाय हुन लागेको थियो । न्याययले मुत्युदण्डको अघिल्लो दिन ओक्लोहामा निवासी दोषी डेनियल लेबिस लिको मुत्युदण्डको सजायमा रोक लगाएको हो । उनलाई १९९६ मा हतियारको डिलर बिलियम म्युलर ,उनकी पत्नप्ी नेन्सी र आठ वर्षकी छोरी सराह पावेलको हत्याको अभियोगमा मुत्युदण्डको सजाय सुनाइएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...