टेक्सस– अमेरिकाको टेक्ससमा तालमा डुबेर मुत्यु भएका दुई युवा मध्ये एक युवाको आज टेक्ससमा अन्तिम संस्कार गरिएको छ ।
टेक्ससको फोटवर्थ क्षेत्रमा रहेको तालमा माछा पार्ने क्रममा तालमा डुबेर ज्यान गुमाएका नेपाली युवा १९ वर्षिय हिकारु गौतमको अन्तेष्टि गरिएको हो । उनी सगै अर्का भुटानी मुलका त्रिशरण खत्रीको पनि तालमा डुबेर मुत्यु भएको थियो । गौतमको अन्तेष्टिको क्रममा परिवारजनमा आसु रोकिएन । श्रद्धान्जली कार्यक्रममा सबैका आ“खा रसाएका थिए । श्रद्धान्जलीसभा स्तब्ध बनेको थियो ।

माछा पार्ने क्रममा मोवाइल फोन तालमा खसेपछि निकाल्ने क्रममा तालमा पसेका उनिहरु डुब्न पुगेको थिए । तालमा पसेका तीन जना मध्ये गौतम र खत्री बेपत्ता भएका थिए । अर्का भियतनामी युवा भने पौडेर बा“च्न सफल भएका थिए । गत जुलाई ९ मा माछा मार्न गएका उनिहरु तालमा बेपत्ता भएका थिए । गोताखोरले उनिहरुको शब गत शनिवार र आइतबार तालबाट निकालेका थिए ।
मृतक गौतम टेक्ससका समासेवी सरिता चौलागाईकी छोरा हुन । उनिहरुको टेक्ससको फोटवर्थमा बस्दै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected