अमेरिका– अमेरिकाको सेन्ट्रल टेक्कसको एलेनमा ३० वर्षिय एक नेपाली युवा मृत भेटिएका छन् ।
आफनो अर्पाटमेन्टको कोठामा भ्याकुम क्लिनरको तार घाटीमा बेरेको अवस्थामा मृत भेटिएका हुन । कोठमा एक्लै भएको अवस्थामा गएको राती उनी मृत भेटिएको स्थानिय ओम भट्टराईले जानकारी दिए ।
उनका अनुसार उनले सुरुमा सांगला तथा कमिला मार्ने किटनाशक पदार्थ खाएको देखिन्छ । बेगन खाएपछि उनले बोमिट समेत गरेका थिए । त्यसलगतै उनले आत्महत्या गरेका थिए । कोठामा रहेर सहकर्मिहरु काममा गएपछि उनी एक्लै थिए । सहकर्मिहरु कामबाट फर्केपछि उनलाई मृत अवस्थामा भेटेको थिए ।
घटनाको प्रकृति हेर्दा उनले आत्महत्या नै गरेको जस्तो देखिने स्थानिय बासिन्दाले बताएका छन् । उनले के कारणले यस्तो गरे भन्ने केही खुलेको छैन । रुकुम स्थायी घर भएका खडका २०१३ मा डिभी परेर अमेरिका आएका थिए । पछिल्लो समय कोरोना महामारी फैलिएपछि उनी काम छाडेर समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गदै आएका थिए ।
आ“टिलो र सबैलाई सहयोग गर्ने खालका थिए– स्थानिय बासी भट्टराईले भने– यसरी आत्महत्या नै गर्लान भन्ने खालको ऊ थिएन । उनको नजिकका आफन्त कोही नभएकाले अन्तेष्टि के कसरी गर्ने भन्ने बारेमा स्थानियले छलफल गरिरहेका छन् ।
उनी नेपाल जनसम्पर्क समिति सेन्ट्रल टेक्ससका संयोजक समेत थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected