अमेरिका– अमेरिकाको सिनेट कमिटीले आउदो साता चिनिया एप टिकटक प्रतिबन्ध लगाउन भोटिङ हुदैछ ।
भोटिङपछि अमेरिकी सरकारद्धारा जारी डिवाइसमा फेडरल कर्मचारीद्धारा सोसल मिडिया एप टिकटक प्रयोगमा रोक लगाउदै प्रतिबन्ध गरिने भएको हो । यो बिल रिब्लिकनका सिनेटर जोश हावले ले ल्याएका हुन । २५ जना अमेरिकी सासंदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार पत्र लेख्दै अमेरिकी जनताको प्राइबेसीका लागी सख्त कदम उठाउनुपर्ने बताएका छन् । टिकटक सहित कयौ चिनिया एप प्रतिबन्धका लागी यही साता या यही महिना अमेरिकी सररकारले फैसला लिने अन्तराष्ट्रिय संचारमाध्यमहरुलले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यस अघि नै अमेरिकी नागरिकको निजी सुचना चुहावट हुने प्रतिबन्ध हुने संकेत दिएका थिए । साइबर सुरक्षालाई ध्यानमा राखेर यस अघि नै भारतमा टिकटक प्रतिबन्ध भइसकेको छ । भारतमा प्रतिबन्ध लगाएपछि अमेरिकामा पनि यसलाई प्रतिबन्ध लगाउन आवाज उठेको हो । आउदो साता सिनेटमा भोटीङ पछि अमेरिकामा पनि टिकटक प्रयोगमा प्रतिबन्ध लाग्ने बताइएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...