पुजा वागिश
मलाई तिमी मन पर्छ
कुनै शब्दै छैनन् बर्णन गर्न
यसकारण मन पर्छ कि
बिनाकारण मन पर्छ ।
मलाई तिम्रा आँखा मन पर्छन्,
मलाई तिम्रो हासो मन पर्छ ,
मलाई तिम्रो नाक मनपर्छ
मलाई तिम्रो ओठ मन पर्छ।
भनिन्छ नि, सुन्दर व्यक्तिलाई
प्रेम गरिने हैन,जसलाई प्रेम
गरिन्छ उहीँ सुन्दर लाग्छ भनेर ..
मलाई तिमी सुन्दर लाग्छ
कुनै अर्को छैन तुलना गर्न
यसकारण सुन्दर लाग्छ कि
बिना रोजाई सुन्दर लाग्छ।
मलाई तिम्रो हेराइ मन पर्छ
मलाई तिम्रो कुरा गराइ मन पर्छ
रिसाउदा कर्किएर आँखा तराइ मनपर्छ
झर्किदा र फन्किदाको कराइ मनपर्छ
भनिन्छ नि, जसलाई माया गरिन्छ
उसका गुण मात्र हैन
अबगुण पनि स्विकार्नुपर्छ भनेर…
मलाई तिम्रा गल्तिहरु
स्विकार्य छन्
कुनै शंका छैन
मैले गरेका बिश्वासहरुमा
बिना अपशोच स्विकार्य लाग्छ।
मलाई तिम्रो सामीप्यता मन पर्छ
मलाई तिम्रो मित्रता मन पर्छ
मलाई तिम्रो शत्रुता मन पर्छ
मलाई तिमी भित्र हराएको गोप्यता मन पर्छ
खै किन यती धेरै प्रिय व्यक्ति
भएका छौ तिमी
मलाई तिमी बिछट्टै प्रिय लाग्छ
मलाई तिमी बिछट्टै आफ्नो लाग्छ
खै किन यति धेरै मन पर्छ
तिमी मलाई बिनाकारण मनपर्छ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...