अमेरिका– डेमाक्रेट पार्टिको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका जो बिडेनले उप राष्ट्रपति पद महिलालाई दिन चाहेका छन् ।
उपराष्ट्रपति पदका लागी पार्टिको दबाब झेलिरहेका उनले महिलालाई नै उपराष्ट्रपति दिन चाहेका हुन । उनले अगस्ट महिनाको पहिलो साता साक्षात्कार गराउने तयारीमा छन् । बराक ओबामा राष्ट्रपतिकालमा आठ वर्ष उपराष्टपति रहेका बिडेनले अब यही पद कुनै महिलालाई दिने प्रतिवद्धता समेत जनाइसकेका छन् ।
बिडेनको उमेर ७८ रहेकाले उनले जिते भने राष्टपति एक कार्यकाल पाउनेछन् । यसैले पनि उनी उपराष्टपति प्रत्याशी चयन २०२४ मा हुने राष्टपति चुनावलाई पनि ध्यानमा राख्नेछन् । डेमोक्रेटको तर्फबाट उपराष्टपतिमा कमला हैरिस, एलिजावेथ बारेन, टैमी डकवर्थ, सुसन राइस लगायतका नामहरु आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















