कोरोना बिरुद्दको खोपको प्रारम्भिक सफलतासंगै मोडेरनाको सेयर मुल्य आकाशियाे

कुमार जंग कार्की
अमेरिका-कोरोना भाइरस बिरुद्दको खोपको बिकाश तथा उत्पादनमा अमेरिकामा सबै भन्दा अगाडी रहेको बायोटेक कम्पनी मोडेरनाको प्रारम्भिक सफलता संगै यसको सेयर मुल्यमा भारी वृद्धि भएको छ । न्युयोर्क स्टक एक्सचेन्जका अनुसार सुक्रबार मात्रै कम्पनिको सेयर मुल्य करिब १६ प्रतिसतले बढेको हो । बिहिबार प्रति सेयर ८१.८१ डलर रहेकोमा सुक्रबार यसको मुल्य १३.०४ डलरले ब्रिद्दि भएर ९४.८५ मा गएर रोकिएको थियो । कम्पनिको यस बर्ष मात्रै सेयरमा करिब ३८५ प्रतिसतले वृद्धि भै नया रेकर्ड कायम गरेको छ ।
बर्षको प्रारम्भमा कम्पनिको प्रति सेयर मुल्य २० डलरको हाराहारिमा रहेको थियो । कोरोना माहामारी संगै कम्पनिले यस बिरुद्दको खोप बिकाश गरि मार्च १६ तारिखमा पहिलो पटक करिब ४५ स्वयंसेवि हरुमा यसको पहिलो परीक्षण गरेको थियो । खोपको बिकाश र परीक्षण गरे संगै लगानी कर्ता हरुको ध्यान मोडेरना तर्फ बढिसकेको थियो । यो संगै कम्पनिको सेयर बढेर मार्चमा प्रति सेयर ३० डलर नजिक पुगेको थियो । जुन १२ मा यु एस नेपाल पोस्टमा यस सम्बन्धि समाचार प्रकासित हुदा सम्म यसको मुल्य प्रति सेयर ६२ डलर थियो । कम्पनिले मे ७ मा करिब ६०० जनामा दोस्रो चरणको परिक्षण गरेको थियो दोस्रो चरणको परीक्षणको नतिजा सकारात्मक आएपछि पुन यसको सेयर मुल्य बढेको हो । कम्पनीले येही जुलाई २७ तारिखमा करिब ३० हजारमा तेस्रो तथा अन्तिम परिक्षण गर्ने घोषणा गरेको छ ।
कम्पनिको सेयरमा उल्लेखनीय ब्रिद्दि भए संगै कम्पनिले जुलाई को दुइ साता भित्र मात्रै करिब ५३,००० कित्ता सेयर बिक्रि गरिसकेको छ । जुन उनीहरुले योजना गरेको भन्दा दुइ गुना भन्दा पनि बढी हो । यस अघि कम्पनिले करिब २२००० कित्ता सेयर मात्र बेच्ने योजना बनाएको थियो ।