प्लानोमा खुल्यो प्लानो एभरेष्ट नेपाली रेष्टुरेन्ट

टेक्ससको ड्यालस क्षेत्रमा नेपाली टिपिकल खानाका लागी लोकप्रिय वर्षो पुरानो एभरेष्ट रेष्टुरेन्टले आफनो शाखा प्लानो सहरमा बिस्तार गरेको छ ।
प्छिल्लो क्रममा नेपाली रेष्टुरा खुल्ने क्रम संगै अर्भिङमा रहेको एभरेष्ट नेपाली रेष्टुरेन्टले ग्राहकको मागलाई ध्यानमा राखेर प्लानोमा शाखा बिस्तार गरेको हो । र २३०० एमसि पर्ममिट रोड क्षेत्रमा खोलिएको रेष्टुरा संचालन संगै भीड बढेको छ । ९ वर्ष अघि ड्यालसको अर्भिङमा खुलेको रेष्टुराले नेपाली खाना पस्केर नेपालीको मन जित्दै आएको थियो ।

प्लानोमा अमेरिकन, नेपाली तथा भारतीयलाई लक्षित गरि रेष्टुरा संचालनमा ल्याएको संचालक मनोज राईले जानकारी दिए । यस क्षेत्रमा नेपाली खानाको अभाव पुरा गर्न एभरेष्टको शाखा बिस्तार गरेको उनले बताए ।
तीन करोड नेपाली रुपैयाको लागतमा खोलिएको रेष्टुरा ठ्याक्कै अर्भिङमा रहेको मुख्य शाखा जस्तै हो । प्लानो एभरेष्टमा बार थपिएको छ ।
रेष्टुरामा स्वाद लिन आउने ग्राहकका लागी आउट डोर र इन्डोर दुवै सुविधा उपलब्ध छ । इन्डोर क्षमतामा ६५ जनार आउट डोरमा १८ जनाको क्षमता रहेको संचालक राईले जानकारी दिए ।

अर्भिङमा रहेको एभरेष्ट रेष्टुरेन्ट एल्प र गुगुल सर्चको ¥याकिङमा पा“चौ नम्बरमा परेको छ । एभरेष्ट कै लगानीमा डेढ वर्ष अघि अर्भिङमा पिक रेष्टुरेष्ट खोलिएको हो ।
एभरेष्टले टेक्ससका अन्य सहरमा पनि निकट भविष्यमा शाखाहरु बिस्तार गदै लैजाने संचालक राईले बताएका छन् ।