अमेरिका– अमेरिकामा शुक्रबार एक जना हत्याका दोषी डस्टिन ली होंकेनलाई मृत्युदण्ड दिइएको छ ।
इन्डियानाको टेर्रे हाटे स्थित फेडरल करेक्सनल कम्पलेक्समा पा“च जनाको हत्याको दोषी उनलाई विषालु इन्जेक्सन दिएर मुत्युदण्ड दिइएको हो । उनलाई मुत्युदण्डको सजाय २००४ मा सुनाइएको थियो । १५ वर्ष भन्दा बढी समयदेखि हत्याका अभियुक्त र अपराधको २७ वर्ष भन्दा बढी समय बितेपछि ब्रिट निवासी उनलाई यस्तो सजाय दिइएको हो । यस साता अमेरिकी उच्च अदालतले मुत्युदण्डको फैसला सुनाएको केही घन्टापछि नै उनलाई मुत्युदण्ड दिइएको हो । यस प्रकारको मुत्युदण्ड अमेरिकामा १७ वर्षपछि दिइएको हो । ५२ वर्षिय होकेन विरुद्ध ड्रग्सको मुद्धा थियो । यही मामलामा उनले अदालतको साची रहेकाहरुको हत्या गरिदिएका थिए । मुत्युदण्ड अघि उनले अन्तिम वाक्य यस्तो भनेका थिए– ‘होली मैरी, मदर अफ गड, प्रे फर मि ।’
उनी पक्षका वकीलले पनि उनले आफनो अपराध पश्चताप गरेको बताएका छन् ।

यस्तै प्रकृतिको सजाय यस अघि २००३ मा एक अन्य अपराधीलाई पनि दिइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected