ब्राजिल-काेराेना को कहर केही महिना देखि लगातार अमेरिका र ब्राजिलमा तिब्र गतिमा दौडिरहेको छ। हाल सम्म अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरस बाट १० लाख भन्दा बढी संक्रमीत भएका छन्। ब्राजिलमा एक महिना देखि २४ घन्टा भित्र ४० हजार देखि ५५ हजार संक्रमीत केस भेटिदै आएको छ भने मृत्यु पनि १ हजार देखि १५ सय को हुदै आएको छ। त्यस कारण केही समय देखि ब्राजिल तनावग्रस्त अवस्थामा गुज्रिरहेको छ।

ब्राजिलमा सुरुमा कोरोना भाइरसलाई सानो फ्लू हो भनेर रास्ट्रपति जयर बोल्सोनारोले भनेका थिए। ब्राजिलका मानिसहरु बलिया छन् , केही हुदैन भन्ने ब्राजिल रास्ट्रपति बोल्सोनारो लाई अहिले आफैलाई कोरोना पोजेटिभ देखिए पछि उनी अहिले क्वारेन्टाइन मा बसेको छन्। बोल्सोनारो लाई कोरोना पोजेटिभ देखिए पछि केही दिन अघि सार्बजनिक स्थलमा अन्तर्वाता दिने बेलामा उनले मास्क खोलेर बोल्दा उनको धेरैले बिरोध गरेका थिए। कोरोना भाइरस लाई सामान्य मान्ने बोल्सोनारोको लापरबाहीले गर्दा यो भाइरस व्यापक रुपमा फैलिएको भन्दै उनको बिरोध गर्नेहरु ब्राजिलमा धेरै छन्। जयर बोल्सोनारोले कोरोना पोजेटिभ देखिँदा सामान्य औषधि एजिथोरोमाइसिन (azithromycin) र (hydroxychloroquine) हाइड्रोक्साइक्लोरोक्वाइन औषधि प्रयोग गरेको र यो औषधिले राम्रो काम गरेको बताएका छन्।उनले अरुलाई पनि यो औषधि प्रयोग गर्न सल्लाह दिएका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले यो hydroxychoroquine औषधिलाई व्यापक रुपमा फैलाउन चाहान्छन्।यो औषधिले कोरोना भाइरसको उपचार गर्न उपयोगी हुने बताइएको छ। तर यो औषधि कोरोना भाइरस उपचारमा प्रभावकारी छ भन्ने यसको कुनै बैज्ञानिक आधार भने छैन। केही समय देखि ब्राजिल पुरै कोरोना भाइरस सँग जुधिरहेको छ। तर यसको नियन्त्रण हुने सम्भावना निकै कम रहेको बिश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ। ब्राजिल अहिले यो भाइरस सँग लड्न सक्ने क्षमता छैन। त्यसैले ब्राजिलको जन जीवन अस्त व्यस्त छ। ब्राजिलमा दुइ महिना देखि स्वास्थ्य मन्त्री छैन। अस्थायी रूपमा जनरल एदुआर्दो पाजुएलो दुई महिना देखि यो पद थामिरहेका छन्। तर उनलाई स्वास्थ्य क्षेत्रमा कुनै अनुभव छैन।

ब्राजिलमा कोरोना भाइरसको कारण १२४ जना गर्भवती महिलाको मृत्यु भएको छ। अहिले सम्म ब्राजिलमा २० लाख ८० हजार संक्रमीत भएका छन् भने ७९ हजारको मृत्यु भएको छ। १३ लाख ६७ हजार निको भएका छन् । ब्राजिलको सवै भन्दा बढी संक्रमीत भएको ठाउँ साओ पाउलोमा मात्र ४ लाख ७५ हजार संक्रमीत भएका छन् भने १९ हजार ४ सयको मृत्यु भएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected