अमेरिका–कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठुलो सफलता प्राप्त गरेको छ ।
विश्वविद्यालयले विकास गरेको खोप मान्छेको प्रतिरक्षा प्रणालीलार्य बलियो बनाउने देखिएपछि यस्तो सफलता मिलेको हो । यो खोप एक हजार ७७ जना मान्छेमा परीक्षण गरेर हेरिएको थियो ।
ति व्यक्तिहरुमा यो खोप दिदा उनिहरुमा एन्टीबडी भन्ने रोगसंग लडने क्षमता विकसित भएको बताइएको छ ।
यो खोपले सेता रक्तकोषसंग मिलेर कोरोनाभाइरस संग लडने क्षमता देखिएको छ ।
अक्सफोडको यो सफलताले सबैमा आशा जगाएको छ । यसलाई अझै अनुसँधानकर्ताले बृहत रुपमा परीक्षण गर्ने तयारी गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected