अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा जापानका प्रकाश पौडेल (माइला) निर्विरोध , उपाध्यक्षमा र महासचिवमा अमेरिकाका गोवर्धन पूजा र सर्वज्ञ वाग्ले निर्वाचित
अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बर्ष २०२०–२०२२ का लागि जुलाई १७, १८, र १९ मा सम्पन्न निर्बाचनले जापानका प्रकाश पौडेल (माइला) को अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित हुनु भएको हो । नब निर्बाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अमेरिकाका गोवर्धन पूजा निर्वाचित हुनुभएको छ । उहाँले ७५५ मत प्राप्त गर्नु भएको थियो भने उपाध्यक्षका अर्का उम्मेदवार लालगोपाल सुवेदीले ३९७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै समाजको महासचिवमा अमेरिकाकै सर्वज्ञ वाग्ले बिजयी हुनुभएको छ। वाग्लेले ६६८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी स्पन्दन विनोदले ४५२ मत प्राप्त गर्नुभएको थियो ।
निर्बाचन समिति द्वारा आज सार्बजनिक नतिजा अनुसार समाजको कोषाध्यक्षमा कृष्ण कुमार गिरी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिब पद का लागि भएको मतदानमा बिमला निरौला निर्बाचित हुनु भएको छ उहाले ७५७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्वन्द्वी प्रेम प्रसाद भट्टराइले ३४८ मत प्राप्त गर्नु भएको थियो ।
समाजको पाँचवटा क्षेत्रमध्ये चारवटा क्षेत्रका क्षेत्रीय उपाध्यक्षहरू निर्बिरोध निर्वाचित भएका छन् भने अफ्रिका क्षेत्रबाट कसैको पनि उम्मेदवारी नपरेको निर्बाचन कमिटीले जनाएको छ । निर्बिरोध निर्वाचित क्षेत्रीय उपाध्यक्षहरूमा अमेरिका बाट राजेन्द्र के. श्रेष्ठ , एसिया क्षेत्रबाट बाबा बस्नेत , युरोप बाट सुनिल संगम र ओसियानिया क्षेत्रबाट राजेश बूढाथोकी रहनु भएको छ । त्यस्तै ५ जना केन्द्रिय सदस्यको लागि ८ जनाको उमेदवारी परेको थियो जस मध्य रेणुका बस्नेत, दीप पाठक ‘देवेन्द्र’ , प्रमोद सारङ्ग , तारा अधिकारी र निजानन्द मल्ल
निर्बाचित हुनु भएको छ । निर्बाचन समितिले दिएको जानकारी अनुसार निर्वाचनमा जम्मा मतदाता २,१८१ मध्य १,२१४ मत खसेको थियो ।