राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनद्धारा राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न चेतावनी

अमेरिका– राष्ट्रपति पदका उम्मेदवार जो बिडेनले रुस चीन र इरानलाई अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
अमेरिकी चुनावमा हस्तक्ष्ोप गरेपछि बिडेनले यस्तो चेतावनी दिएका हुन । बिडेनले एउटा खुफिया जानकारीको हवालाबाट यस्तो चेतावनी दिएका हुन । नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेका उनले चुनावमा केही देशले हस्तक्षेप गर्न खोजीरहेको आरोप लगाए ।
उनले भने– हामीले पहिला पनि देखेको थियौ र अहिले पनि देखिरहेका छौ, रुसी चीन इरान तथा अन्य मुलुकहरुले हाम्रो लोकतन्त्रमा हस्क्षेप गर्न खोजीरहेका छन् र हाम्रो विश्वास कम गर्न खोजेका छन् ।’ यो वर्षको राष्ट्रपति चुनावमा बिडेन राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भिडदैछन् ।
उनले हस्क्षेप कठिन भइरहेकोले यसलाई सार्वजनिक गर्नु बाहेक मेरो अर्को कुनै बाटो थिएन । उनले यो आफनो मुलुकका लागी गंभीर चिन्ता भएको बताए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...