अमेरिकाद्धारा टेक्ससको हयुस्टनमा रहेको चिनिया कन्सुलेट ७२ घन्टाभित्र बन्द गर्न आदेश

टेक्सस– अमेरिकाले टेक्सस स्थित हयुस्टनमा रहेको चिनिया कन्सुलेट बन्द गर्न आदेशदिएपछि दुई देश बीच तनाव बढेर गएको छ ।
अमेरिकी सरकारले ७२ घन्टा भित्र बन्द गर्न आदेश दिएपछि तनाव बढेर गएको हो । कन्सुलेटमा हुने कुनै पनि कामहरु नगर्न समेत ट्रम्प सरकारले आदेश दिएको छ ।
अमेरिकी संचारमाध्यमका अनुसार चिनिया कन्सुलेट भित्र धेरै गोप्य दस्तावेजहरु जलाईको आरोप लगाइएको छ । जलाइएका दस्तावेजको आगो निभाउन फायर डिर्पाटमेन्ट पनि पुगेको समाचारमा उल्लेख गरिएको छ । सोसल मिडियामा शेयर गरिएका तस्विरहरुमा समेत कन्सुलेट भित्रबाट आगोको धुवा निस्केको देखाइएको छ । अमेरिकाको यो कदमले चीनसंगको सम्बन्ध तनावपुर्ण हुने विश्लेषण गरिएको छ ।
अमेरिकी विदेश विभाका प्रवक्ता मार्गन आर्टागसले अमेरिकी बौद्धिक सम्पत्ति तथा आफना नागरिकको निजी जानकारीको सुरक्षाका लागी बन्द गर्न आदेश दिइएको बताए । उनले चीनले कन्सुलेट मार्फत अमेरिकामा चीनले देशविरोधी गतिविधी गरेको आरोप लगाएका छन् । उनले चीन पहिल्यै देखि अमेरिका संग व्यापार युद्ध र अमेरिकी जागीर चोरी सहित अन्य घृणित काम गरेको आरोप लगाएका छन् ।
उता चिनिया विदेश मन्त्रालयले अमेरिकी सरकारको गलत फैसलालाई तुरुन्त रद्ध गर्न समेत आग्रह गरेको छ ।