अमेरिका– अमेरिकाको अलास्का राज्यमा भुकम्पपछि सुनामीको चेतावनी दिइएको छ । ७.८ रेक्टरको भुकम्प आएपछि यस्तो चेतावनी दिइएको हो । भुकम्पको झटका यति शक्तिशाली थियो जसको धक्का ५ सय माइल दुरी सम्म पुगेको थियो । सुनामीको चेतावनी पछि उक्त क्षेत्रमा तनाव बढेपछि सर्वसाधारण घर छाडेर सुरक्षीत स्थानतर्फ पुगेका छन् ।
युएसजिएसको रिपोर्ट अनुसार भुकम्पको केन्द्र जमीनबाट ६ माइल गहिरो थियो । भुकम्पको केन्द्र बाट २ सय माइल क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो । सुनामीबाट समुन्द्रमा विशाल लहर उठने बताइएको छ । आउने केही साता सम्म भुकम्पको झटका महसुस हुने भुकम्प मापन केन्द्रले जनाएको समाचारमा उल्लेख गरिएको छ । अब आउने भुकम्प अझै शक्तिशाली हुने बताईएको छ । भुकम्पपछि सर्वसाधारण सुरक्षीत स्थानतर्फ र्गएको देखिएको छ । पुरै इलाकामा सायरनको आवाज आएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...