बिल गेटसले भने– कोरानाबाट बच्न भ्याक्सिनको एक भन्दा अधिक खुराकको आवश्कयता

अमेरिका–अहिले सम्म कोरोनाको भ्याक्सिन तयार भइसकेको छैन । तर पनि यस बारेमा विशेषज्ञहरु तयारी पुर्व विना रायहरु पेश गदै आएका छन् । यसै क्रममा माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले मानिसलाई कोरोनाबाट बचाउन कोविड–१९ को भ्याक्सिनको एउटा डोज पर्याप्त नहुने बताएका छन् । उनले कोरोनाबाट बच्न भ्याक्सिनको कयौ डोज लिनु पर्ने हुन सक्छ भने ।
उनले बुधबार भने– अब तयार हुने कोरोना भ्याक्सिन यस्तो लागीरहेको छैन जसको एक डोजबाट पर्याप्त नहुने देखिएको छ ।
त्यसो त समाचार एजेन्सीहरुको अनुसार अहिलेसम्म कोविड–१९ को १५० भन्दा अधिक भ्याक्सिन विकासको विभिन्न चरणमा छन् । यिनीहरु मध्य केही मात्र विकासको अगाडीको चरणमा आइसकेका छन् ।
बिल एन्ड मेलिना गेट्स फाउन्डेनसले कोविड–१९ को भ्याक्सनीन खोज्नका लागी ३० करोड डलरको सहयोग गरेका छन् । बिल गेटसले कोराना महामारीसंग लडनका लागी सुरक्षीत र प्रभावकारी भ्याक्सिन निर्माणको आवश्यकता रहेको यस अघिनै एउटा ब्लगमा लेखेका थिए । उनले अर्बोको खुराक बनाउन सके यो भ्याक्सिन विश्वको हर कुनामा पुग्न सक्ने बताए । उनले संसारभर ७ अर्ब खुराक बर्नाएर बाडनु पर्ने आवश्कयता रहेको बताए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...