अमेरिकाको अन्य सहरमा रहेको चिनिया महावाणिज्यदुतबास पनि बन्द गर्ने संकेत
अमेरिका– टेक्ससकको हयुस्टनमा चिनिया महावाणिज्यदुताबास बन्द गर्ने आदेशपछि ट्रम्प प्रशासनले अमेरिकाका अन्य सहरमा पनि बन्द गर्ने संकेत दिएको छ । ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा अमेरिकाको अन्य सहरमा रहेका अमेरिकी महावाणिज्यदुताबास बन्द गर्ने संकेत दिएका हुन ।
उनले अमेरिकाको अन्य सहरमा रहेको चिनिया महावाणिज्यदुतबासमा यस्तै कदम उठाउन सकिने बताए । अमेरिकाले टेक्ससको हयुस्टनमा रहेको चिनिया महावाणिज्यदुताबास बन्द गर्न दिएको आदेशको समय सिमा शुक्रबार बेलुका ४ बजे सकिदैछ ।
उता चीनले अमेरिकाले उठाएको यो कदम सच्चाउन आग्रह गरेको छ। चिनिया विदेश मन्त्रालयले अमेरिकी सरकारको गलत फैसला रद्ध गर्न भनेको छ । अमेरिकाले थप गलत कदम उठाए आफुहरुले पनि बाध्य भएर त्यसको प्रतिकृया दिने चेतावनी दिएको छ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















