अमेरिका– अमेरिकाको कोरोनाभाइरसको महामारीले अवस्था दिनदिनै नाजुक बन्दै गएको छ । संसारकै शक्तिशाली मानिएको देश अमेरिकामा पछिल्लो क्रममा हरेक घन्टामा २६ सय भन्दा बढी संक्रमीतहरु थपिएको छ । संसारभरको संक्रमीत दरमा अमेरिकामा भएको यो संक्रमण उच्च भएको बताइएको छ । अमेरिकामा अहिलेसम्म ४१ लाख संक्रमीत भइसकेका छन् । त्यस्तै मृतकको संख्या १ लाख ४६ हजार भन्दा माथि छ ।
समाचार एजेन्सीका अनुसार अमेरिकामा प्रत्येक घन्टामा २६ सय कोरानोका नया संक्रमण थपिने गरेको छ । अमेरिकामा गत २१ जनवरीमा कोरोनाभाइरसको पहिलो संक्रमण भेटिएको थियो । पहिलो भेटिएको ९८ दिनपछि अमेरिकामा कोरोना संक्रमीतको संख्या दस लाख पुगेको थियो । यसपछि २७ दिनमा १० लाख नया संक्रमण थपिएर ३० लाख पुग्यो । त्यसपछि क्रमश बड्दै अहिले ४१ लाख संक्रमीत पुगीसक्यो ।
अमेरिकाको ५० राज्य मध्ये ४० राज्यमा संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अमेरिकाको क्यालिफोर्निया, फलोरिडा र टेक्सस कोरोनाको नया केन्द्र बनेको छ । कोराको केन्द्र न्युयोर्कमा भने संक्रमणको संख्यामा गिरावट आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected